दुई प्रदेशका पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई प्रदेशका पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तैगरी, आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

त्यस्तै, राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस