२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुन : स्थापनाको माग गर्दै ३२ स्थानीय तहलाई ज्ञापन पत्र

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका मुक्त हरवाचरवाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा पुनः स्थापनाका कार्यक्रम समेट्नुपर्ने मागसहित ३२ स्थानीय तहलाई ज्ञापन पत्र बुझाएका छन् ।

मुक्त हरवाचरवा बाहुल्य प्रदेशका आठ जिल्लाका ३२ स्थानीय तहलाई जनदबाबस्वरुप ज्ञापन पत्र बुझाइएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए । राष्ट्रिय दलित नेटवर्क, नेपालको सहजीकरण, स्थानीय साझेदार संस्थाको संयोजन र ३२ पालिकामा गठित मञ्चका स्थानीय समितिको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो ।

चार दिनसम्म चलेको अभियानअन्तर्गत पहिलो दिन वैशाख २४ गते पर्साको पकाहमैनपुर गाउँपालिका, बाराको कोल्हवी नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, धनुषाको शहीद नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।

त्यसै गरी वैशाख २५ गते पर्साको बहुदरमाई नगरपालिका, बाराको बारागढी गाउँपालिका, रौतहटको वृन्दावन नगरपालिका, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका, महोत्तरीको भङ्गाहा नगरपालिका र लोहरपट्टी गाउँपालिका, धनुषाको विदेह नगरपालिका, सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका, सप्तरीको कञ्चनरुप नगरपालिका र खडक नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।

साथै वैशाख २६ गते पर्साको पर्सागढी नगरपालिका, बाराको जीतपुरसिमरा उपमहानगरपालिका, रौतहटको गरुडा नगरपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिराहाको बरिया पट्टी गाउँपालिका र सप्तरीको शम्भुनाथ नगरपालिकामा र आज पर्साको वीरगञ्ज महानगरपालिका, रौतहटको माधवनारायण नगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका, महोत्तरीको मटिहानी नगरपालिका, धनुषाको धनौजी गाउँपालिका, सिराहाको लहान र धनगढीमाई नगरपालिका तथा सप्तरीको सुरुङ्गा नगरपालिकामा ज्ञापन पत्र बुझाउने काम सम्पन्न भएको राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले जानकारी दिए ।

ज्ञापन पत्रमा सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा स्थानीय सरकारले मुक्त हरवाचरवाको वास्तविक तथ्याङ्क सङ्कलन गरी वर्गीकृत परिचयपत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित, लैङ्गिक भेद्भावबिना सबैलाई सामान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने र मुक्त घाषितमुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने माग उल्लेख समेटिएका छन् ।

सरकारले कमैया श्रम निषेध ऐन २०५८ अनुसार गत वर्ष साउन २ गते हरवाचरवाको ऋण र कागजात खारेजी गरिने प्रतिबद्धतासहित मुक्तिको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस