राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेट स्थगित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेट स्थगित


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । राप्रपाले आफूहरूले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रि–बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस