काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २८ पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
