पर्यटकले भरिएपछि खुम्बु क्षेत्रका होटलमा बास पाउन मुस्किल  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पर्यटकले भरिएपछि खुम्बु क्षेत्रका होटलमा बास पाउन मुस्किल 


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकका कारण होटेलहरू भरिभराउ भएका छन् ।

वसन्त र शरद गरी दुई ऋतुमा पर्यटकीय सिजन मानिने खुम्बुमा वसन्त ऋतुमा पर्वतारोहीको आगमन बढी हुन्छ । यस वर्ष सगरमाथासहितका हिमाल आरोहीको सङ्ख्या बढेकोले खुम्बुमा होटेलहरू पनि भरिभराउ भएका हुन् ।

सगरमाथा आधार शिविर जाने बाटोमा होटेल, लजहरू रहे पनि लोबुचे र गोरक्सेप क्षेत्रमा ठाउँको अभाव रहेको पर्यटक भरिया मिलन राईले बताए । पदयात्री तथा पर्वतारोहीसँगै उनीहरूका पथप्रदर्शक तथा भरियाहरूको सङ्ख्या धेरै हुने भएकाले बासको व्यवस्थापनका कठिन हुने होटेल व्यवसायीहरूले बताएका छन् । 

कोरोना महामारीका कारण अघिल्ला दुईरतीन वर्षमा कम पर्यटक गएका थिए । यस वर्ष भने पर्यटकको सङ्ख्या बढेको हो । विशेषगरी भरियाहरूले बढी खाने, बस्ने ठाउँको समस्या झेल्नुपरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस