विभागीय प्रमुखको टेबलमा हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविले लगायो प्रतिबन्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विभागीय प्रमुखको टेबलमा हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविले लगायो प्रतिबन्ध


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षक ललित विष्टलाई त्रिविमा काम गर्न प्रतिबन्ध लगाएको छ ।

परिषद्ले २२ गते निर्णय गरेर २४ गतेदेखि लागू गरेको एक प्राध्यापकले जानकारी दिएका छन् ।

आंशिक शिक्षक ललित विष्ट आफ्नो कक्षाको समयमा पढाउनसमेत नगई विभागीय आफ्नो कार्यकक्षमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँमा उनीविरुद्ध किटानी जाहेरी परेको थियो।

आंशिक शिक्षक विष्टले गत वैशाख १३ गते समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा हेलमेट बजार्दै तोडफोड गरेका थिए। विष्टले विभागीका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा आएर हेलमेट बजारेको सिसिटिभी फुटेज गत वैशाख २१ गते सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार : त्रिवि समाजशास्त्र विभागीय प्रमुखमाथि करार शिक्षकले गरे हातपात

Tags :
प्रतिक्रिया दिनुहोस