मन्त्री मोदीसँग इन्टरनेशनल आइडियाका महासचिवले गरे भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री मोदीसँग इन्टरनेशनल आइडियाका महासचिवले गरे भेट


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास-जामोराले भेट गरेका छन् । 

मङ्गलवार सिंहदरवारस्थित मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ ।

भ्रमणका क्रममा महासचिव केभिनले सङ्घीयताको सबलीकरण र स्थानीय तहको सशक्तीकरणका लागि आफूहरूले क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे ।

भेटका क्रममा मन्त्री मोदीले सङ्घीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा वर्गका क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । आइडिया इन्टरनेशनलको नेपाल सदस्य हुनका लागि आफूले पहलकदमी लिने समेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस