क्रिप्टोलाई वैधानिकता दिन सांसद चौधरीको माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्रिप्टोलाई वैधानिकता दिन सांसद चौधरीको माग 


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग राखेका छन् ।

मङ्गलवारको प्रतिनिधिसभा बैठकमा  बेल्दै उनले व्यापारघाटा कम गर्न र ठूला लगानीकर्ता आकर्षित गर्न क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग गरेका हुन् । 

आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद चौधरीले विशेष कार्यक्रम नै घोषणा गरेर क्रिप्टोको प्रतिबन्ध खोल्न सकिने बताएका हुन् ।

“नेपाललाई २१औँ शताब्दीको क्रिप्टो माइण्डको हब बनाउन सकिन्छ । यसका लागि गुणस्तरीय विद्युतको आवश्यकता पर्दछ । हुनत अहिले नेपालमा क्रिप्टो कारोबार प्रतिबन्ध छ । कसैले क्रिप्टो माइण्डिङ गरेर निर्यात गर्छ भने त्यसमा प्रतिबन्ध गर्न जरुरी छैन,” उनले भने, “हामीले यसका लागि विशेष कार्यक्रम नै घोषणा गर्न सक्छौँ र ठूला लगानीकर्तालाई ल्याउन सक्छौँ । यो पनि हाम्रो व्यापारघाटा घटाउने कोसेढुंगा साबित हुन सक्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस