क्रान्ति गरेर लोडसेडिङको युगबाट मुक्त भइसक्यौँ : प्रधानमन्त्री  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्रान्ति गरेर लोडसेडिङको युगबाट मुक्त भइसक्यौँ : प्रधानमन्त्री 


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतको क्षेत्रमा नयाँ क्रान्ति ल्याएको दाबी गरेका छन् । 

काभ्रेको महाभारत गाउँपालिकामा आयोजित विद्युतको केन्द्रीय प्रसारण लाइन उद्घाटन तथा सडक शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो दाबी गरेका हुन् । 

उनले देशलाई लोडसेडिङमुक्त गरी अबको दुई वर्षभित्रमा विदेशमा विद्युत् बिक्री गरी अर्बौँ रकम नेपाल भित्र्याउने ठाउँमा पुगेको बताए।

‘हामी हिजोको लोडसेडिङको युगबाट मुक्त भइसकेका छौँ। विद्युतमा हामीले नयाँ क्रान्ति नै गरेका छौँ,’ प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी दुई वर्षभित्रमा विद्युत् निर्यात गरी अर्बौँ रकम भित्र्याउने ठाउँमा पुग्ने छौँ।’ 

विद्युत् छिमेकी राष्ट्र भारतमा मात्र नभई अन्य राष्ट्र बंलादेश, भुटानलगायतको देशहरूमा निर्यात गर्ने उनको भनाइ छ। काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलाशयसहितको एक सय १० मेगावाटको विद्युत् बन्दै गरेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस