प्रधानमन्त्री ज्यु फिल्म कहिले देखाउनु हुन्छ : प्रेम सुवाल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ज्यु फिल्म कहिले देखाउनु हुन्छ : प्रेम सुवाल


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले कहिले फिल्म देखाउने ? भन्दै प्रश्न गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा केही शीर्ष नेताको नाम मुछिएपछि प्रधानमन्त्री प्रचण्डले यो ट्रेलर मात्र भएको भन्दै फिल्म देखाउन बाँकी रहेको उनले व्यङ्ग गरेका हुन् ।

प्रधानमन्त्रीको त्यही अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै उनले भने, ‘प्रधानमन्त्रीजीले फिल्म देखाउने भन्नुभएको थियो । अहिले दाहालजी, ओलीजी र देउवाजीको मिटिङ भइरहेको छ । त्यो फिल्म देखाउनकै लागि हो कि ?’

नक्कली भुटानी शरणार्थी बनाएर अर्बौँ ठगी गर्ने को–को हुन् ? भन्दै उनले सरकारसँग जवाफ पनि मागे ।

Tags :
प्रतिक्रिया दिनुहोस