इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा कास्कीको पोखरा महानगरपालिका २८ नम्बर वडा कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रविनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

सब-इन्जिनियर प्रविनले बाटो निर्माणका क्रममा सेवाग्राहीसँग पन्ध्र हजार घुस लिएको अख्तियारको ठहर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस