नेपालको सबैभन्दा नयाँ पार्टी एमाले हो : ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालको सबैभन्दा नयाँ पार्टी एमाले हो : ओली


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सबैभन्दा नयाँ पार्टी एमाले भएको बताएका छन्।

सोमबार राष्ट्रिय युवा सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । एमालेको विचार नै सबैभन्दा नवीन पनि भएको उनको दाबी छ।

कार्ल्स मार्क्सले प्रतिपादन गरेको मार्क्सवाद नै अहिले पनि संसारको सबैभन्दा नयाँ सिद्धान्त भएको ओलीले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै ओलीले उसको कुनै विचार नभएको बताए।

‘बुढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ ? त्यो नयाँ होइन, त्योसँगसमाज परिवर्तनको कुनै एजेन्डा छैन,’ उनले भने,‘त्यो नयाँ बोतल होला तर रक्सी उही हो।  कहाँ पुग्ने स्पष्ट भिजनबिना त्यो अगाडि बढ्न सकिँदैन।’

उनले रास्वपाका पक्षमा अहिले आएको मत ह्विप भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस