रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज सफल पुगे सर्वोच्च  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज सफल पुगे सर्वोच्च 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।  

प्रतिनिधि सभा सदस्य पदमा लामिछाने बहाल रहन अयोग्य रहेको दाबीसहित रिट निवेदन बोकेर सोमबार सर्वोच्च पुगेका हुन् । 

रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने उनको दाबी दाबी छ । रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधि सभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन उनको माग छ ।  

रिट निवेदनमा लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएर चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ । 

सो रिट सर्वोच्च प्रशासनले दर्ता भने गरिसकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस