२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा १६.९३ अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । पुँजी बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह एक सय छ दशमलव ९४ अङ्कले घटेको छ ।

बैंकिङ समूह छ दशमलव ५०, विकास बैंक १३ दशमलव ७१, वित्त १८ दशमलव ४१, होटेल तथा पर्यटन ८४ दशमलव ५६ र जलविद्युत् समूह ४३ दशमलव ८० अङ्कले घटेको छ । त्यसै गरी लगानी समूह शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन ३० दशमलव ३०, लघुवित्त २६ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १२ दशमलव ३५ र अन्य समूह आठ दशमलव ७७ अङ्कले घटेको छ ।

बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू तीन करोड ७८ लाख २१ हजार बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख २० हजार आठ सय छ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस