नेता र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेता र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताएकी छिन्। 

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । 

सामुदायिक विद्यालय आर्थिक अवस्था कमजोर भएकाहरूका छोराछोरी मात्र पढ्ने हो भन्ने बुझाइ र व्यवहार देखिएको भन्दै उनले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन उच्चपदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख गरिन्।

‘के हाम्रो देशका प्रधानमन्त्री, मन्त्री, सांसद र महत्त्वपूर्ण र सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीका छोराछोरी, नातिनातिना सरकारी विद्यालयमा भेटिन्छन् ?’ उनको प्रश्न छ।

Tags :
प्रतिक्रिया दिनुहोस