संवैधानिक परिषद्को बैठक आज बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

संवैधानिक परिषद्को बैठक आज बस्दै


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे सिंहदरवारमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुङ्गो लगाउनुपर्ने अडान लिएका थिए ।

संवैधानिक परिषद्को सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ ।

सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस