सिम्रिक एयरको उडान फुकुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिम्रिक एयरको उडान फुकुवा


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सिम्रिक एयरको उडान भोलि (सोमबार)देखि फुकुवा हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकोप्टर दुर्घटना भएपछि सिम्रिकका हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो ।

सामान्य उडान खुला गरे पनि ‘सिलिङ उडान’ प्रतिबन्ध कायमै रहेको प्राधिकरणका एक कर्मचारीले बताए । 

सिलिङ उडान भनेको सामानलाई डोरीमा झुन्ड्याएर ओसारपसार गर्ने उडान हो । सिलिङ उडानमा भने थप सुरक्षाको बारेमा अध्ययन गरेर निर्णय हुनेछ ।

आइतबार प्राधिकरणको एयर ओर्जिनेसको फ्लाइट अप्रेसनको टिमले अडिट गरेको थियो । उक्त अडिटपछि नर्मल उडान खुला गरिएको उनले बताए । 

सिम्रिकसँग चारवटा हेलिकोप्टरमध्ये एउटा टेक्निकल्ली रूपमा ग्राउन्डेड छ । एउटा शुक्रबार दुर्घटनामा परेपछि अहिले दुईवटा हेलिकोप्टर रहेका छन् । उक्त दुई हेलिकोप्टरले सोमबारबाट सिलिङ उडान बाहेक सामान्य उडान गर्न पाउने छन् ।

शुक्रबार दिउँसो अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९ एन-एजेजेट हेलिकोप्टर सङ्खुवासभाको भोटेखोला गाउँपालिका-४ सिप्रुङमा दुर्घटनामा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस