प्रतिनिधि सभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधि सभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकले सदस्यको मनोनयन गरेको हो । 

बैठकले सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई सदस्य मनोनयन गरेको हो।

सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत उक्त नामावली मनोनयनसम्बन्धी प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो।

बैठकमा सभामुख घिमिरेले यही वैशाख १९ गते सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशन गरिएको सम्बन्धमा जानकारी गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस