नागरिकता विधेयकबारे कानुनविद्सँग परामर्श गर्ने राष्ट्रपति पौडेलको तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयकबारे कानुनविद्सँग परामर्श गर्ने राष्ट्रपति पौडेलको तयारी 


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको अवस्थाबारे कानुनविद्सँग छलफल गर्ने भएका छन्।

आज दिउँसो १ बजे राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तिम कार्यकालको समय प्रतिनिधिसभाका दुवै सदनबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधायकेबारे छलफल गर्न लागेका हुन् । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको समय दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतल निवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।

संशोधित नागरिकता विधेयक राजनीतिक दलबीच सहमति नहुँदा हालसम्म सदनबाट पारित हुन सकेको छैन। हिजो (शनिबार मात्रै) मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीसँग विधेयकबारे छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस