नवनियुक्त सचिवद्वयले गरे शपथ तथा पदभार ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त सचिवद्वयले गरे शपथ तथा पदभार ग्रहण


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डे र राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूले शपथ गर्नुका साथै पदभार पनि ग्रहण गरेका छन् ।

अर्याललाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पाण्डेलाई सभामुख देवराज घिमिरेले सिंहदरवारमा आयोजित एक समारोहकाबीच शपथ गराएका हुन् ।

वैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा उनीहरूलाई नियुक्त गरेका थिए । सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस