आर्थिक मन्दी हुन्छ : विनोद चौधरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आर्थिक मन्दी हुन्छ : विनोद चौधरी


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सांसद विनोद चौधरीले निजी क्षेत्र हतोत्साहित भएको बताएका छन् ।

लगातार तीन त्रैमासिक आर्थिक वृद्धिदर ऋणात्मक भएको बताउँदै चौधरीले आर्थिक मन्दी हुने बताएका हुन् ।

यसअघि आर्थिक वृद्धिदर ऋणात्मक हुँदा पनि तुलनात्मकरुपमा राजस्व नघटेको भन्दै उनले चालु आर्थिक वर्षको १० महिना २० दिनमा लक्ष्यको ५१ प्रतिशत मात्रै राजस्व उठेको बताए ।

नेपाल बिजनेस समिटमा आफ्नो भनाइ राख्दै सांसद चौधरीले बैङ्कहरूको खराब कर्जा दोब्बर बढेको स्मरण गराए । आर्थिक रूपान्तरण जरुरी भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस