‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्नु हुँदैन’ « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्नु हुँदैन’


२४ बैशाख २०८०, आइतबार


विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् ।

निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाई कन कारबाही अघि बढाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरूले भनेका कुरामा र अरूले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाब दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबाबको सामु झुक्नु हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस