२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चारलेन सडकमै छैन साइकल लेन

अ+ अ-

राँझा । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकल यात्रा गरिरहेका खजुरा-३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो ।

नेपालगन्ज उपमहानगरपालिका-१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उहाँलाई रा१ख २६१७ नं.को टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिए ।

साइकलमै यात्रा गर्ने चमार नेपालगन्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो । नेपालगन्जमा साइकल लेन नहुँदा ठुला सवारीसाधनको ठक्करबाट दैनिक जसो साइकल यात्री दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ ।

साइकल लेन नहुँदा सर्वसाधारण सडक दुर्घटनाबाट घाइते, अपाङ्गता तथा अकालमै मृत्युवरण गर्न बाध्य रहेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए ।

‘साइकल लेन नहुनु साइकल यात्रीको सुरक्षा सवालमा गम्भीर जोखिम हो, साइकल लेनको सवाललाई सरोकारवालाले बेलैमा बुझिदिए धेरैको ज्यान जोगिन सक्थ्यो’, उनले भने, ‘नेपालगन्जमा साइकल लेनका लागि क्लबको तर्फबाट निरन्तर प्रयास भए पनि सफल हुन सकेको छैन ।’

पछिल्लो पटक नेपालगन्जमा साइकल यात्रीको सङ्ख्या दैनिक रूपमा बढ्दै गए पनि साइकल लेन नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको अध्यक्ष निरौलाले सुनाए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा साइकल लेनको आवश्यकता रहेको बताउँदै साइकल लेन बनाउने कामको छिट्टै सुरुआत गर्ने बताए ।

साइक्लिङमार्फत स्वस्थ जनशक्ति पैदा हुनुका साथै प्रदूषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेकाले आगामी आर्थिक वर्षमा साइकल लेन बनाउन सरोकारवालासँग छलफल गरेर बजेट तर्जुमा गरिने उनको भनाइ छ ।

नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर वार्षिक रूपमा ‘मेयर कप साइकल दौड’ प्रतियोगितालगायतका गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस