सत्ता गठबन्धनद्वारा अधिवक्ताहरूसँग नागरिकता विधेयकबारे सुझाव माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्ता गठबन्धनद्वारा अधिवक्ताहरूसँग नागरिकता विधेयकबारे सुझाव माग 


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नेपाल बार एसोसिएसनका प्रतिनिधि तथा अधिवक्ताहरूसँग छलफल गर्दै सुझाव माग गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) दिउँसो सत्ता गठबन्धनका शीर्ष नेताहरूले अभिवक्ताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति थियो । 

संसदबाट एक पटक सकारात्मक तरिकाबाट गइसकेको विधेयक भएका कारणले सकारात्मक कुराकानी भएको नेपाल बार एशोसियसनकी महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस