२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क

अ+ अ-

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको छ । नगरपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्रदेखि १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको हो ।

विद्यार्थीले १२ कक्षा सम्मको अध्ययनका लागि कहिँकतै कुनै शुल्क तिर्नु नपर्ने नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए । उनका अनुसार विद्यालय भर्ना, पाठ्यपुस्तक खरिद, परीक्षा शुल्क, खाजाको व्यवस्थालगायतका सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने छ । 

सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गर्ने निर्णयबाट पालिकाका करिब ५० विद्यालयका १० हजार बढी विद्यार्थीहरू लाभान्वित हुने भएका छन् । विद्यार्थी भर्ना तथा अन्य क्रियाकलापमा कुनै शुल्क नलिन शिक्षा शाखाले विद्यालयलाई परिपत्र गरिसकेको छ ।

नगरपालिकाले पालिका भित्रका निजी र सामुदायिक विद्यालयमा शिक्षाको मापदण्ड एउटै बनाउन कार्यदल बनाएर काम अघि बढाएको प्रमुख लामाले बताए । उनका अनुसार पालिकाले विद्यालय व्यवस्थापनसँगै खानेपानी र पुस्तकालय व्यवस्थित गर्नका लागि पनि पहल सुरु गरेको छ ।