राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको छ । नगरपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्रदेखि १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको हो ।

विद्यार्थीले १२ कक्षा सम्मको अध्ययनका लागि कहिँकतै कुनै शुल्क तिर्नु नपर्ने नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए । उनका अनुसार विद्यालय भर्ना, पाठ्यपुस्तक खरिद, परीक्षा शुल्क, खाजाको व्यवस्थालगायतका सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने छ । 

सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गर्ने निर्णयबाट पालिकाका करिब ५० विद्यालयका १० हजार बढी विद्यार्थीहरू लाभान्वित हुने भएका छन् । विद्यार्थी भर्ना तथा अन्य क्रियाकलापमा कुनै शुल्क नलिन शिक्षा शाखाले विद्यालयलाई परिपत्र गरिसकेको छ ।

नगरपालिकाले पालिका भित्रका निजी र सामुदायिक विद्यालयमा शिक्षाको मापदण्ड एउटै बनाउन कार्यदल बनाएर काम अघि बढाएको प्रमुख लामाले बताए । उनका अनुसार पालिकाले विद्यालय व्यवस्थापनसँगै खानेपानी र पुस्तकालय व्यवस्थित गर्नका लागि पनि पहल सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस