काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । ‘सिसिटिभी चेक प्वाइन्ट’ बनाउने तयारीअनुसार काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । महानगरपालिकाले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा १६० सिसिटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सिसिटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले ‘क्लोज सर्किट टेलिभिजन’ (सिसिटिभी) क्यामेरा जडान गर्न ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

काठमाडौँलाई ‘सिसिटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी ९अपराधी० जताबाट पनि सीसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसिटिभी जडान गर्ने महानगरको योजना छ ।

काठमाडौंमा पाँच चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने ‘नाइट मोड’ भएका क्यामरा जडान गर्ने तयारी भइरहेको प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार काठमाडौँ उपत्यकाभर २४२ सिसिटिभी चेक प्वाइन्ट राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सिसिटिभी जडान गर्न प्रहरीलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि १४५ सिसिटिभी जडान गर्न काम अघि बढेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस