घरको नक्सा पास गर्न महानगरमा ७ हजार बढी निवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घरको नक्सा पास गर्न महानगरमा ७ हजार बढी निवेदन


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा निर्माण सम्पन्न भइसकेका घरको नक्सा पास गर्न ७ हजारभन्दा बढी निवेदन परेको छ ।

गत २३ भदौ २०७९ मा मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेस गर्न महानगरले ९० दिनको समय दिँदै निवेदन आह्वान गरेको थियो । सोही सूचनालाई आधार मानेर अहिले नक्सा पास गर्न भन्दै निवेदन दिनेको चाङ लागेको महानगरले जनाएको छ ।

प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको महानगरले जनाएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्ने लगायत प्रक्रिया चलिरहेको छ । सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेस गर्न सकिने भन्दै सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगर्नेहरूको विवरण सङ्कलन गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४, भवन संहिता सम्बन्धी प्रचलित व्यवस्था र महानगरको निर्णय बमोजिम कारबाही हुने छ ।’

शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार गएको साउनदेखि शहरी विकास विभागले ९६२ वटा डीपीसी (ड्याम प्रभु कोर्स) स्वीकृत गरेको छ भने १ हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।

महानगरले १ वैशाख २०८० देखि ५ हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडाहरूलाई नै प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस