क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। सङ्खुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि ल्याइएको छ ।

हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको छन् ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

सम्बन्धित समाचार : संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

Tags :
प्रतिक्रिया दिनुहोस