चार हजार कर्मचारी कटौती गरिँदै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चार हजार कर्मचारी कटौती गरिँदै


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । अमेरिकाको मास मिडिया एन्ड इन्टरटेनमेन्ट कम्पनी वाल्ट डिज्नीले दोस्रो चरणमा कर्मचारी कटौती गर्न सुरु गरेको छ । यो चरणमा कम्पनीले करिब चार हजार कर्मचारीलाई जागिरबाट सधैँका लागि छुट्टी दिनेछ ।

यसै वर्षको सुरुवातमा कम्पनीले सात हजार कर्मचारीलाई निष्कासन गरेको थियो । कम्पनीका अनुसार डिज्नी इन्टरटेनमेन्ट, डिज्नी पार्क, एक्सपिरियन्स र प्रोडक्टसहित भिन्दाभिन्दै विभागका कर्मचारीलाई निष्कासन गरिने भएको हो ।

पहिलो चरणमा मेटाभर्स स्ट्राटेजी युनिट र बेइजिङ अफिसका कर्मचारी प्रभावित भएका थिए । डिज्नी इन्टरटेनमेन्टका उपाध्यक्ष एलन बर्गमेन र डाना वाल्डेनले उच्च नेतृत्वले कम्पनीलाई थप उत्कृष्ट बनाउन लागेको र कम्पनी छिटोभन्दा पनि राम्ररी चलोस् भन्ने उद्देश्य रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस