ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (शुक्रबार) दुई खेलहरू हुँदैछन् ।

लिगको दोस्रो लिगको दोस्रो राउण्ड अन्तर्गत शुक्रबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

पुलिस आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ । पुलिस १४ खेलमा १५ अङ्क जोडेर १२ औं स्थानमा रहेको छ ।

हिमालयन पनि पाँचौं जितको खोजीमा हुनेछ । हिमालयन १४ खेलमा १७ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको जावलाखेल आज आठौं जितको योजनामा हुनेछ । जावलाखेल १४ खेलमा २४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

खुमलटार पाँचौं जितको खोजीमा हुनेछ । खुमलटार १४ खेलमा १४ अङ्क जोडेर पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस