विविधता बीचको एकताबाट राष्ट्रिय एकता सबल : प्रदेश प्रमुख गुरुङ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विविधता बीचको एकताबाट राष्ट्रिय एकता सबल : प्रदेश प्रमुख गुरुङ


२२ बैशाख २०८०, शुक्रबार


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विविधता बीचको एकताबाट राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताएका छन् ।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

‘वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्धा एवं भक्ति भाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ’, सन्देशमा भनिएको छ ।

यस दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने प्रदेश प्रमुख गुरुङले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस