काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले माघीमा बिदा नदिने भएको छ । थारुहरूको सबैभन्दा ठूलो पर्व माघीमा बिदा नदिने निर्णय चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले गरेको हो ।
प्रदेश सरकार गठन भएयता माघ १ र २ गते प्रदेशभरि माघीमा सार्वजनिक बिदा दिँदै आएकोमा यसवर्ष कटौती गरेको चनामा उल्लेख छ ।
एक हप्ताअघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक बिदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।
सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने उल्लेख छ । प्रदेशभर भदौ १ गते ओल्के पर्व, भदौ ८ गते गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन बिदा), भदौ ३१ गते थारुहरूको पर्व अटवारी, पुस २६ गते भुवा पर्व र चैत १९ गते खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।