महालेखाले औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न मुख्यसचिवको निर्देशन  « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

महालेखाले औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न मुख्यसचिवको निर्देशन 


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले महालेखाले उठाएका सवालमा कुनै तलमाथि नहुने गरी कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा मुख्य सचिव वैरागीले यस्तो निर्देशन दिएका हुन् । 

महालेखाले क्षेत्रगत रूपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न कर्मचारीलाई उनको निर्देशन छ । 

काममा कमजोरी नगरी आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फछ्र्योटमा निर्मम बन्नै पर्ने उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस