नेपाल प्रहरीद्वारा ६ क्रिकेट खेलाडी सम्मानित   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल प्रहरीद्वारा ६ क्रिकेट खेलाडी सम्मानित  


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरेको छ। 

राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न एसिसी प्रिमियर कप-२०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सम्मान गरिएको हो । 

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन्।

सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ सेख, ललित राजवंशी एवं नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सङ्गठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसिसी प्रिमियर कप–२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस