राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजे बस्ने गरी आह्वान भएको हो।

यसअघि गत वैशाख १५ मा संसद अधिवेशन अन्त्य भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस