झन्डै २ अर्ब बढ्यो काठमाडौँ महानगरको राजस्व  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झन्डै २ अर्ब बढ्यो काठमाडौँ महानगरको राजस्व 


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत वर्षभन्दा यसपालि झन्डै दुई अर्ब रुपैयाँ धेरै राजस्व सङ्कलन गरेको छ।

चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाख १५ गतेसम्मको तथ्यांकअनुसार महानगरले सात अर्ब १४ करोड रुपैयाँभन्दा धेरै राजस्व उठाएको छ। गत वर्ष यही अवधिको तुलनामा यो एक अर्ब ९३ करोड रुपैयाँ बढी हो।

महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार गत वर्ष यो अवधिमा ५ अर्ब २० करोड ६७ लाख रुपैयाँ मात्र उठेको थियो।

यो आर्थिक वर्षभरिमा महानगरले दस अर्ब ४२ करोड हाराहारी राजस्व उठाउने लक्ष्य राखेको छ। साढे नौ महिनामा लक्ष्यको करिब ६९ प्रतिशत राजस्व उठिसकेको छ।

स्थानीय तहले सम्पत्ति, भूमि (मालपोत), घरजग्गा, बहाल, व्यवसाय लगायत कर र विभिन्न शुल्क शीर्षकमा राजस्व उठाउँछ।

यो आर्थिक वर्षको साढे नौ महिनामा महानगरले अनुदान र बाँडफाँटबाट प्राप्त हुने करबाहेक आन्तरिक स्रोतबाट मात्रै करिब चार अर्ब २३ करोड रुपैयाँ उठाएको छ। गत वर्ष तीन अर्ब ३३ करोड रुपैयाँ हाराहारी मात्र सङ्कलन भएको थियो।

अन्तर(सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तःशुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५र१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।

यो वर्ष बाँडफाँटबाट काठमाडौं महानगरले एक अर्ब ४ करोडभन्दा बढी पाएको छ। यो गत वर्षको तुलनामा ३१ करोड ३३ लाख धेरै हो। अघिल्लो वर्ष झन्डै ७२ करोड ८७ लाख हाराहारी मात्र पाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस