फुटबल स्टार लियोनल मेस्सी निलम्बित  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फुटबल स्टार लियोनल मेस्सी निलम्बित 


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २ हप्ताका लागि निलम्बन गरेको छ ।

क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै पीएसजीले मेस्सीलाई कारबाही गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने भएका छन् ।

मेस्सीको क्लबसँगको सम्झौता यो सिजनपछि सकिँदै छ। मेसीले सम्झौता नवीकरणको प्रतीक्षा गरिरहेको समयमा मेस्सीमाथि कारबाही भएको छ । मेस्सीले निलम्बनको समयमा क्लबमा प्रशिक्षण गर्न पाउने छैनन् भने उक्त समयको पारिश्रमिक समेत पाउने छैनन् ।

समाचार संस्था एपीका अनुसार मेस्सीले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए । तर, क्लबले उनलाई अनुमति दिएन । अनुमति नपाएपनि मेस्सी पर्यटन प्रवर्धनको एक कार्यक्रममा सहभागी हुन साउदी अरब पुगेका थिए ।

मेस्सी साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर समेत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस