२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव पाण्डे पक्राउ 

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पाण्डेलाई बुधवार पक्राउ गरिएको उच्च स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ । 

तत्कालीन गृह सचिव रहेका पाण्डेको संलग्नता रहेको आशङ्कामा अनुसन्धानमा रहेका पाण्डेलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहेका थिए ।

अनुसन्धानको सिलसिलामा मङ्गलवार पक्राउ अनुमति पछि अहिले प्रहरी परिसर काठमाडौँमा रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले प्रशासनलाई बताए । ‘अनुसन्धानको सिलसिलामा अदालतको पक्राउ अनुमति पछि हिजो हामीले उहाँलाई खोजेका थियौँ’ एसएसपी कार्कीले भने, ‘अहिले उहाँ प्रहरी परिसर काठमाडौँमा हुनुहुन्छ ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा सरकारका सचिवकै संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिन्छु भनी ठगेको आरोपमा आइतबार पक्राउ परेकाहरूले सरकारका उच्च अधिकारीहरूकोसमेत संलग्नता रहेको बयान दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । आरोपीहरूले तत्कालीन गृह सचिव पाण्डे र त्यसअघिका गृहसचिव महेश्वर न्यौपानेको मिलेमतो रहेको बयान दिएका थिए ।

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

 नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा मंगलवार(हिजो) मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा राईलाई पक्राउ गरिएको थियो । इन्द्रजित राईका छोरा नीरजविरुद्धसमेत पक्राउ पुर्जी जारी भएको छ ।

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर करोडौँ रुपैयाँ ठगी गरेको भन्दै सर्वसाधारणहरू प्रहरीको सम्पर्कमा आएपछि अनुसन्धान शुरु भएको थियो ।  प्रहरीले यस प्रकरणमा आधा दर्जन व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अनुसन्धान नरोक्ने सङ्केत पछि प्रहरीले थप सक्रियता बढाएको देखिन्छ । 

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

प्रतिक्रिया दिनुहोस