सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस