लोक सेवाद्वारा शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाद्वारा शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर समस्या आएपछि २०७९ मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान गरेको हो ।

पहिले परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्र पुनः दरखास्त दिन पाउनेछन् भने २०८० जेठ १८ भित्र पुनः दरखास्त दिइसक्नु पर्नेछ ।

पुनः दरखास्त पेस गर्ने उम्मेदवारले दस्तुर बुझाउन पर्नेछैन ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस