उद्योग वाणिज्य महासङ्घद्वारा उच्चस्तरीय विज्ञ समूह गठन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

उद्योग वाणिज्य महासङ्घद्वारा उच्चस्तरीय विज्ञ समूह गठन


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ । 

मङ्गलवार महासङ्घले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो । 

महासङ्घका अनुसार उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुङ्गाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ रहेका छन् ।

यस्तै मङ्गलवार महासङ्घको सचिवालयमा बसेको विज्ञ समूहको पहिलो बैठक बसेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस