कृषि अनुसन्धान परिषदमा पदपूर्ति नहुँदा अनुसन्धान तथा प्रविधि विकासमा असर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि अनुसन्धान परिषदमा पदपूर्ति नहुँदा अनुसन्धान तथा प्रविधि विकासमा असर


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषदमा वैज्ञानिक र प्राविधिक जनशक्तिको अभावका कारण अनुसन्धान तथा प्रविधि विकासमा असर परेको छ । विगत ७ वर्षदेखि परिषद्मा पदपूर्ति हुन नसक्दा अनुसन्धान तथा प्रविधि विकासमा असर परेको हो ।

कृषि क्षेत्रका समस्याहरूको अध्ययन तथा अनुसन्धानमार्फत कृषि उत्पादन  र उत्पादकत्व वृद्धि गर्न उन्नत प्रविधि प्रयोग गरी सर्वसाधारण जनताको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले परिषद् स्थापना भएको हो । तर, परिषद्मा २०६ वैज्ञानिक र ४१५ प्राविधिक समेत ७४४ पद रिक्त छ । 

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार परिषद्मा विगत ७ वर्षदेखि पदपूर्ति हुन सकेको छैन । वैज्ञानिक, प्राविधिक र प्रशासनिकसमेत कुल १ हजार ८२३ दरबन्दी रहेकोमा १ हजार ४९ पदपूर्ति भएको प्रतिवेदनमा उल्लेख छ । 

परिषद्ले मातहतका ६२ केन्द्रबाट कृषि अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्मचारी अभावमा परिषद्ले वार्षिक उत्पादन लक्ष्यअनुसार प्रगति हासिल गरेको छैन । प्रतिवेदनअनुसार परिषद्ले बिक्री गरेको स्रोत बीउबाट उत्पादित थप बीउ, त्यसको प्रयोग तथा उत्पादकत्व वृद्धि सम्बन्धमा अनुगमन मूल्याङ्कनसमेत गर्ने गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस