एसिया कप आयोजनाका लागि पहल गर्न प्रधानमन्त्रीलाई रविको आग्रह « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एसिया कप आयोजनाका लागि पहल गर्न प्रधानमन्त्रीलाई रविको आग्रह


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले एसिया कप क्रिकेट नेपालमा आयोजनाका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपालले एसीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएपछि बधाई दिँदै रविले भारत भ्रमणका क्रममा यो एजेन्डा सामेल गर्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।

पाकिस्तानमा हुने भनिएको यो प्रतियोगिता खेल्न जान भारतले मानिरहेको छैन । यही कारण प्रतियोगिता अनिश्चित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस