परराष्ट्र मन्त्री साउद बेलायत जाँदै  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परराष्ट्र मन्त्री साउद बेलायत जाँदै 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि स्वीकृत दिएको छ ।

एक मन्त्रीका अनुसार मङ्गलवारको मन्त्रिपरिषद् बैठकले साउदको बेलायत भ्रमण स्वीकृत गरेको हो।

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएपनि उपचारपछि आइतबार मात्रै नेपाल फर्केका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

चार्ल्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते साउद नेपाल फर्कने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस