दार्चुलाको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको आशङ्का  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दार्चुलाको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको आशङ्का 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । दार्चुलामा हिमपहिरो गएको छ। मङ्गलवार अपराह्न व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशङ्का गरिएको छ । उद्धारका लागि प्रहरी टोली खटिएको छ। 

यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन्। 

यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कतिजना थिए भन्ने खुल्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस