इन्डियन प्रिमियर लिग : बेंग्लोरले लखनउलाई १८ रनले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : बेंग्लोरले लखनउलाई १८ रनले हरायो


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।

लखनउ घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेङ्लोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो ।

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९.५ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सफल भयो ।

गए राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लोरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाएका थिए ।

९ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

नौ खेलमा पाँच जित र चार हारका साथ लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस