सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप छैन : राजु अर्याल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप छैन : राजु अर्याल


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन् । 

सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् । 

उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारेका छन् । उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरुलाई हटाइएको पनि बताए ।

उनले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे ।

महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराएका छन् । ।

उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडि बढिरहेको बतए ।

Tags :
प्रतिक्रिया दिनुहोस