बोर्डद्वारा १६ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोर्डद्वारा १६ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायीको लाइसेन्सको आशय पत्र प्रदान गरेको छ ।

सोमबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको हो ।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार एलओआई पाएको कम्पनीले बोर्डले तोके अनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउने छन् । 

धितोपत्र बोर्डले नबिल सेक्युरिटी लिमिटेडलाई धितोपत्र व्यापारीको लाइसेन्सको लागि एलओलाई दिएको छ । कम्पनीमा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । यस्तै मेगाल स्टक मार्केट लिमिटेडले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि एलओलाई पाएको हो । अन्य १४ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलालको लागि एलओआई पाएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस