पाहुना सत्कारमा फूल र खादा खरिद गर्न निषेध « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पाहुना सत्कारमा फूल र खादा खरिद गर्न निषेध


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बलका युनिटहरूमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार उक्त निर्णय गरिएको हो । 

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा खड्काले देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरिएको बताए । उनका अनुसार फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध दिन निर्देशन दिइएको छ ।

सशस्त्र प्रहरी बलले सादा पोसाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति समेत अख्तियार गरेको छ । प्रवक्ता खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोसाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो ।

सशस्त्र प्रहरी कर्मचारीहरूलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई पनि कडाइ गरिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरूमा जवान मेसको स्तरोन्नति गरिएको खड्काले बताए ।

उनका अनुसार जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस