काठमाडौँ । काठमाडौँमा अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयको विरोधमा प्रदर्शन भएको छ।
काठमाडौँको नयाँ बानेश्वरमा शनिबार राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहनसमेत गरेका छन्।
उनीहरूले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ वितरण गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। त्यस्तै, मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन्।